Skip to content

पिपुल्स इनर्जीले आईपीओ जारी गर्दै

nabil bank

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले साधारण सेयर (आइपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आईपीओ निष्काशनका लागि बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल र सेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ । पिपुल्सलाई आईपीओ जारी गर्न विद्युत नियमन आयोगले गत २२ साउनमा सहमति दिएको थियो । धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आईपीओ निष्काशन प्रक्रिया अघि बढाउनेछ ।

कम्पनीले दोलखा र रामेछापको सीमानामा रहेको नदी खिम्ती खोलामा ४८.८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । २०८१ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाका हेडवक्र्स, इन्टेक, सुरुङ, विद्युत गृहलगायत संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण जडानकार्य जारी छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi