Skip to content

सेबोनलाई सांसदका प्रश्नैप्रश्न, कसले के भने ?

nabil bank

काठमाडौं । संसदको अर्थसमितिमा सांसदहरुले नेपाल धितोपत्र बोर्ड (सेबोन) माथि प्रश्नैप्रश्न गरेका छन् । बिहीबार समितिको बैंकठमा सांसदहरुले सेबोनको कार्यशैली र क्षमता माथि सांसदहरुले प्रश्न गरेका हुन् ।

समितिको बैठकमा सांसद नारायणी शर्माले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त नगरेर कर्मचारीलाई अध्यक्ष बनाएर पठाउँदा काम प्रभावकारी हुन नसकेको बताइन् । एक ठाउँको कर्मचारी अर्को ठाउँमा जाँदा काम प्रभावरी हुन नसकेको उनको भनाइ थियो । सरकार परिवर्तन हुनासाथ बजार बढने, केही समयदेखि आवश्यकताभन्दा बढी किन बजार बढेको भनेर प्रश्न उठेको उनको भनाइ छ ।

त्यस्तै सांसद जुली कुमारी महतोले धितोपत्र बोर्डको क्षमता भएर हो वा नभएर नेप्सेमा भर परेको भन्दै प्रश्न गरिन् । पाईपलाईनमा धेरै आईपीओ रहेको भए पनि त्यो रोकिएको भन्दै उनले त्यसको कारण माग गरिन् । अध्यक्ष नभएर रोकिएको हो वा नियतबस नै रोकेको भन्दै महतोले प्रश्न थियो । उनले नयाँ स्टक निजीलाई दिनु गलत हुने र स्टक मार्केट सरकारको निगरानीमा हुनुपर्ने पनि बताइन् ।

सांसद छिरिङ लामाले धितोपत्र बोर्डका उच्च पदस्थ कर्मचारीले धेरै भ्रष्टाचार गरेको विषय चर्चामा रहेकोले उनीहरुमाथि छानबीनको माग गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi