काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको सञ्चालकमा टीकाप्रसाद उप्रेती नियुक्त भएका छन् । कम्पनीको साउन २३ गते बसेका सञ्चालक समितिको बैठकले उप्रेतीलाई सञ्चालकमा नियुक्त गरेको हो ।
कम्पनीका सञ्चालक मोहन गुरुङले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा बाँकी कार्यकालका लागि उनलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । सोही बैठकले गुरुङको राजीनामा पनि स्वीकृत गरेको छ ।












प्रतिक्रिया दिनुहोस्