Skip to content
Prabhu

मोलुङ्ग हाइड्रोपावरको विद्युत बिक्री आम्दानी ९.६१ प्रतिशतले घट्यो

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको विद्युत बिक्री आम्दानी ९.६१ प्रतिशतले घटेको छ। कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार ९.६१ प्रतिशले नाफा घटेको हो ।

विवरणअनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ करोड १४ लाख रुपैयाँ थियो । विद्युत बिक्री आम्दानी घटेपनि कम्पनीको नोक्सानी समीक्षा अवधिमा घटेको छ ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १ करोड १४ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी गत आवको अन्त्यसम्ममा ७७ लाख ४२ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । वित्तीय खर्च घटेका कारण कम्पनीको नोक्सानी घट्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च २३ प्रतिशत घटेको छ ।

८० करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १४ करोड ८१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ९६ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ७७ रुपैयाँ ५ पैसा रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal