Skip to content
Prabhu

विद्युत बिक्री आम्दानी बढ्दा पनि अपर स्याङ्गे हाइड्रोपावर घाटामा

काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडको विद्युत बिक्री आम्दानी बढे पनि कम्पनी नाफामा जान सकेन् । अघिल्लो आर्थिक वर्षको घाटा उल्लेख्य सुधार गरेको कम्पनीले गत आर्थिक वर्षको अन्तिमसम्म १ करोड ७३ लाख २५ हजार रुपैयाँ घाटामा रहेको हो ।

यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा ६५.९१ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनी ८ करोड ८ लाख रुपैयाँ घाटामा थियो । कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ५ करोड ८९ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको ३ करोड १० लाख रुपैयाँको तुलनामा ८९.५२ प्रतिशतले धेरै हो ।

कम्पनीको कर्मचारी खर्च ६७ लाख ५० हजार रुपैयाँ र साधारण तथा प्रशासनिक खर्च ६० लाख ५९ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार ९ करोड १४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ३ करोड ७३ लाख र कुल चालु सम्पत्ति ५ करोड ९१ लाख रुपैयाँ छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ७.८८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ५८.४१ रुपैयाँ रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal