Skip to content
Prabhu

समता घरेलु लघुवित्तको २० हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको २० हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न पाउनेछन् । ३५ दिनभित्र पनि सेयरधनीबाट खरीदका लागि आवेदन नपरेको खण्डमा भने सर्वसाधारणमा बिक्री खुला गरिनेछ ।

उक्त सेयर खरीद गर्न इच्छुक सेयरधनीले काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरीद गर्न चाहेको सेयर संख्या र मूल्य समेत खुलाई निवेदन दिनु पर्नेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal