Skip to content
Prabhu

एनआईसी एसिया लघुवित्तको नाफा करिब ३३ प्रतिशतले घट्यो

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा करिब ३३ प्रतिशतको गिरावट आएको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार ३२.८८ प्रतिशतले नाफा घटेको हो ।

कम्पनीले आवमा १२ करोड ७१ लाख २४ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १८ करोड ९२ लाख २३ हजार रुपैयाँ नाफा कमाएको थियो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी पनि ११.९२ प्रतिशतले घटेर ९५ करोड १६ लाख ६१ हजार रुपैयाँमा झरेको छ । यो अघिल्लो वर्ष १ अर्ब ८ करोड ४ लाख १३ हजार रुपैयाँ थियो ।

अघिल्लो वर्ष १३ करोड ७ लाख ७६ हजार रुपैयाँ ऋणात्मक रहेको इम्पेयरमेन्ट चार्ज बढेर १ लाख ४५ हजार रुपैयाँ पुगेको छ । यससँगै कम्पनीको सञ्चालन नाफा ४९.७१ प्रतिशतले घटेर २१ करोड १२ लाख ६७ हजार रुपैयाँमा झरेको छ । जुन अघिल्लो वर्ष ४२ लाख ७६ हजार रुपैयाँ थियो ।

गत वर्ष कम्पनीको सञ्चालन खर्च ६ प्रतिशतले घटेर ७७ करोड ७५ लाख २४ हजार रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यस्तो खर्च ८२ करोड ७३ लाख १४ हजार रुपैयाँ थियो । कम्पनीको कुल सञ्चालन आम्दानी पनि ११.४४ प्रतिशतले घटेर ९८ करोड ८९ लाख ३६ हजार रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ११ करोड ६६ लाख २३ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो ।

गत वर्ष कम्पनीको वितरणयोग्य मुनाफा ४०.८५ प्रतिशतले घटेर ४३ करोड ६० लाख ३७ हजार रुपैयाँमा झरेको छ । जुन अघिल्लो वर्ष ७३ करोड ७१ लाख ३५ हजार रुपैयाँ थियो । गत वर्ष कम्पनीको प्रतिसेयर आम्दानी पनि १० रुपैयाँ ८८ पैसाबाट घटेर ७ रुपैयाँ ३१ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ १९ पैसा र मूल्य आम्दानी अनुपात ९६.४७ प्रतिशत छ ।

कम्पनीको खराब कर्जा ६.२७ प्रतिशतबाट बढेर ९.९२ प्रतिशत पुगेको छ । चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको यस कम्पनीको गत वर्ष रिजर्भको आकार २६.६१ प्रतिशतले बढेर ७५ करोड ८० हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष ५९ करोड २४ लाख ५५ हजार रुपैयाँ थियो । कम्पनीको रिटेन्ड अर्निङमा ४३ करोड ६० लाख ३७ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्ष ७३ करोड ७१ लाख ३५ हजार रुपैयाँ थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal