Skip to content
Prabhu

गत वर्ष एसियन हाइड्रोपावरको नाफा १३ करोड बढी

काठमाडौं । एसियन हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षमा १३ करोड बढी नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार १३ लाख ५ लाख रुपैयाँ नाफा कमाएको हो ।

गत आर्थिक वर्षका कम्पनीको नाफामा १२.२७ प्रतिशतले गिरवाट आएको हो । अघिल्लो आर्थिक वर्षका कम्पनीको नाफा १४ करोड ८७ लाख रुपैयाँ रहेको थियो । विद्युत् बिक्री आम्दानी घटेपछि कम्पनीको नोक्सानी बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ४ करोड २२ लाख रुपैयाँ रहेको कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ५ करोड ५८ लाख पुगेको छ ।

३४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष १ करोड ३७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४१ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ९५ पैसा रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal