Skip to content
Prabhu

प्रिओपन सेसनमा साढे १३ अंक बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन प्रिओपन सेसनमा नेप्से परिसूचक साढे १३ अंक बढेको छ। आजको प्रिओपन सेसनमा नेप्से परिसूचक १३ दशमलव ७० अंकले बढेको हो ।

अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ६ दशमलव ७० अंक बढेर २७६६ दशमलव ३८ विन्दुमा बन्द भएको नेप्से आजको प्रिओपन सेसन पछि २७८० दशमलव ०८ विन्दुमा पुगेको हो । त्यस्तै आजको प्रिओपन सेसनमा सेन्सेटिभ इण्डेक्स २.५२ अंक बढेको छ ।

आइतबारको प्रि ओपन सेसनमा ११२ कम्पनीका ७३ हजार २०३ कित्ता सेयर ५६४ पटक खरिद बिक्री हुँदा ३ करोड ९४ लाख ६८ हजार १३३ रुपैयाँ ४५ पैसा बराबरको कारोबार भएको छ । जसमध्ये ७२ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ । बाँकी १८ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal