Skip to content

माछापुच्छ्रे बैंकद्वारा क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंकले हालै नेपाल र भारत वीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निमित्त नेपाल क्लियरिङ हाउस र फोन पेसँग छुट्टाछुट्टै सम्झौता गरेको छ ।

फोन पेसँगको सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले युपिआइ इनेबल एप्सको प्रयोगद्धारा आफुले प्रयोग गरेको सेवा तथा खरिद गरेको वस्तु तत्काल फोन पे नेटर्वक आवद्ध बैंकका मर्चन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्ने छ । सो सम्झौताले व्यापारीहरूमा नगद लेनदेन कारोबार हटाएर क्युआर सकिनेृ भुक्तानीमार्फत सहज रुपमा कारोबार गर्न सकिने सुविधा प्रदान गरेको बैंकले जनाएको छ ।

साथै, भविष्यमा व्यापारी भुक्तानी च्यानललाई सहजीकरण गर्न हेतु नेपाल क्लियरिङ्ग हाउससँग साझेदारी समेत गरेको छ । सो सम्झौताअनुरुप  सेवा लाईभ गए पश्चात नेपालमा रहेका भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै  बैंकमा खोलिएको कुनै पनि युपिआइ ह्यान्डल–लिंक गरिएको खाताबाट भारतमा सीधै पैसा पठाउन सक्नेछन् । 

नेपाल राष्ट्र बैंकले तोकेको सिमाभित्र बसेर नेपाल राष्ट्र बैंकले तोकीए बमोजिम दैनिक रुपमा १५ हजार भारतिय रुपैयाँँ र मासिक १ लाख सम्म भारत पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ । 

यसैगरी, भारतमा रहेका नेपाली नागरिकहरूले पनि युपिआइ इनेबल एप्सको प्रयोग गरेर त्यहांको नियामक निकयले तोकेको सिमाभित्र बसेर नेपालमा  बैंकको युपिआइ ह्यान्डल–लिंक गरिएको खातामा सिधै पैसा पठाउन सक्नेछन् । हाललाई भारतमा रहेका नेपाली नागरिकहरूले भारतीय बैंकमा खोलेको खाताबाट प्रति करोवार भारु दुई लाख सम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढि कारोबार ननाघ्ने गरि आफुलाई पायक पर्ने भारतीय बैंकबाट प्रति करोवार भारु पचास हजार पठाउन सक्नेछन् ।

बैंकले गरेको यस पहलले ग्राहकलाई नगद बोक्ने असुविधालाई हटाउन, आर्थीक कारोबारको सहजीकरण र समग्र डिजिटल बैंकिङ कारोबारमा टेवा पुर्याउने लक्ष्य लिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima