Skip to content
Prabhu

महायज्ञबाट ८१ लाख सङ्कलन

महोत्तरी । विगत एक सातादेखि महोत्तरी जिल्लाको बर्दिवासमा जारी ‘शिव पुराण महायज्ञ’ बाट अहिलेसम्म रु ८१ लाख संकलन भएको छ । महायज्ञ मूला आयोजक समितिका अध्यक्ष हीरा गौतमले सडक मानवको उद्धार तथा व्यवस्थापनका लागि बर्दिवासमा निर्माण गरिने ‘हाम्रो माया घर’ निर्माणको लागि गरिएको महायज्ञको आज सातौँ दिनसम्म ८१ लाख २ हजार २३ रुपैयाँ नगद दान प्राप्त भएको जानकारी दिए ।

उनका अनुसार महायज्ञमा अहिलेसम्म ६५३ जनाले दान गरेकामा १ जनाले भने १ लाख २ हजार गोप्य दान गरेका छन् । साउन २१ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने महायज्ञबाट आयोजक समितिले हाम्रो माया घर निर्माणका लागि डेढ करोड सङ्कलन गर्ने लक्ष्य लिएको छ । जुन लक्ष्य महायज्ञ समापनसम्म पुग्ने विश्वास रहेको संयोजक गौतमले बताए ।

यसैबीच हाम्रो माया घर निर्माणका लागि महोत्तरी निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले ११ हजार इँटा सहयोग गरेको आयोजक समितिले जनाएको छ । त्यस्तै बर्दिवास नगरपालिका– १४ बस्ने चन्देश्वर साहले १०५ बोरा सिमेन्ट सहयोग गरेका छन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal