Skip to content
Prabhu

कर्णाली राजमार्ग पुनःअवरुद्ध

काठमाडौं । कर्णाली राजमार्ग पुनःअवरुद्ध भएको छ । राजमार्गअन्तर्गत जुम्ला सुर्खेत सडकखण्डको कालिकोट शुभकालिका गाउँपालिका–१ गगन खोलामा पहिरो जादाँ सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले आज बेलुका पुनः पहिरो गएर सडक अवरुद्ध भएकाले अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको बताए । अहिले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए । शनिबार कर्णाली राजमार्गको कालिकोट सडकखण्डका विभिन्न ठाउँमा पहिरो गएर अवरुद्ध बनेको सडक आज बिहानबाट सञ्चालनमा आएको थियो । वर्षा सुरू भएयता गगने खोला र एस मोडमा मात्र नौ पटक पहिरो खसेको प्रहरीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal