Skip to content
Prabhu

इटालियन पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं । झापामा इटालियन पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–८ का ३६ वर्षीय संजीव गजमेर रहेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय दमक, झापाको प्रहरी टोलीले सोमबार बिहान पक्राउ गरेको हो । उनीबाट मेड इन इटाली लेखिएको पेस्तो र २ थान म्यागजिन बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

बिहान दमक नगरपालिका–५ बानेश्वर हाइट मार्ग जाने भित्री सडकबाट उनलाई पक्राउ गरिएको हो । को ३८ प ५६४९ नम्बरको स्कुटरमा सवार उनले पेस्तोल बोकेको प्रहरीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal