Skip to content
Prabhu

अष्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु

काठमाडौं । अष्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा पाइलको मृत्यु भएको छ । अष्ट्रेलियको क्विन्सल्याण्डस्थित केन्स शहरको एक होटलको छतमा हेलिकप्टर ठोक्किएर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको हो ।

हेलिकप्टरमा पाइलटमात्र सवार थिए । उनलाई घटनास्थलमै मृत घोषणा गरिएको क्विन्सल्याण्ड प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हेलिकप्टर दुर्घटना भएपछि आगलागी भएकाले होटलबाट करिब ४०० जनालाई बाहिर निकालिएको थियो ।

होटलका ८० र ७० वर्षका दुई जना पाहुनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको अवस्था सामान्य छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । हेलिकप्टरलाई भाडामा लगाएको एक कम्पनीका अनुसार यो उडान अनधिकृत थियो ।

प्रत्यक्षदर्शीका अनुसार पानी परिरहेका बेला हेलिकप्टर बत्ती नबाली निकै तलबाट आएको थियो र होटलको छतमा ठोक्किएको थियो । त्यसपछि हेलिकप्टरका दुईवटा पंखा भाँचिएर स्विमिङ पुलमा खसेको थियो । स्थानीयका अनुसार हेलिकप्टर ठोक्किएपछि बम पड्किएको जस्तो ठूलो आवाज आएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal