Skip to content
Prabhu

कारोबार रकममा नयाँ रेकर्ड बनेको दिन नेपाल फाइनान्सको सेयर मूल्यमा भारी गिरावट

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकले वृद्धि भयो भने कारोबार रकममा नयाँ रेकर्ड बन्यो । कारोबार उच्च भएको र परिसूचक पनि दोहोरो अंकले बढेको दिन नेपाल फाइनान्सको सेयर मूल्यमा भने उच्च गिरवाट आएको छ ।

यो कम्पनीको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेर बन्द भयो । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य २३० रुपैयाँले घटेर २ हजार ७० रुपैयाँमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १० प्रतिशतले कम हो । केही समय अघिसम्म लगातार १० प्रतिशतले बढिरहेको यो कम्पनीको सेयर मूल्यमा पछिल्लो समय भने गिरवाट आएको छ ।

आज धेरै मूल्य घट्ने कम्पनीमा विन्दाबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ । यो कम्पनीका सेयरधनीहरुले आज ७.२२ प्रतिशतले गुमाए । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्यमा ५४ रुपैयाँ ९० पैसाले गिरावट आएर ७०५ रुपैयाँ पुगेको छ । त्यस्तै आज शुभम पावरको सेयर मूल्य पनि ७७ रुपैयाँले घटेर १ हजार ८ रुपैयाँ कायम भएको छ । यो अघिल्लो दिनको भन्दा ७.१० प्रतिशत कम हो ।

त्यस्तै आज धेरै मूल्य घट्ने अर्को कम्पनी हो मिड सोलु हाइड्रोपावर लिमिटेड । यो कम्पनीको सेयर मूल्य ६६ रुपैयाँ ६० पैसाले घटेर ९९३ रुपैयाँ ४० पैसामा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको भन्दा ६.२८ प्रतिशतले कम हो । आजको कारोबार बन्द हुँदा अपर हेवाखोला आइड्रोपावर कम्पनीको सेयर मूल्यमा पनि ५.६८ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य ३३ रुपैयाँले घटेर ५४८ पैसा पुगेको छ । आज १३७ कम्पनीको सेयर मूल्य घटेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal