Skip to content
Prabhu

सम्पदा लघुवित्तको सेयर मूल्य नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सम्पदा लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । साविकको साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था एकाआपसमा मर्जर भएपछि दुवै कम्पनीको सेयर सम्पदा लघुवित्तको नाममा नेप्सेमा ७० लाख ८ हजार ५८३.४५ कित्ता सूचीकृत भएको हो ।

योसँगै नेप्सेले यसअघि मर्जर प्रयोजनका लागि रोक्का गरेको कम्पनीको सेयर कारोबार पनि फुकुवा गरेको छ । सूचीकृत भएसँगै उक्त कम्पनीको दोस्रो बजारमा आगामी आइतवारदेखि कारोबार शुरु हुनेछ ।

सेयर कारोबारका लागि नेप्सेले उक्त कम्पनीको स्टक सिम्बोल ‘एसएमपीडीए’ दिएको छ । नेप्सेले उक्त कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता सेयरमूल्य १ हजार ५७ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal