Skip to content

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रबाट अवैध रूपमा संकलन गरी लैजान लागेको सुन जस्तो देखिने पहेंलो धातुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तारकेश्वर नगरपालिका–५ घर भएकी ३१ वर्षीया जानुका न्यौपाने र स्याङ्जा वालिङ नगरपालिका–५ घर भएका २२ वर्षीया नारायण थापा रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए ।

उनले भने, ‘एयर अरेबियाको उडानमार्फत बहराईनबाट दुबई हुँदै काठमाडौँ आएकी जानुकाबाट नारायणले अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा उक्त धातु (सुन) सहित प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।’

आज बिहान करिब ५० ग्राम तौलको दुई थान सिक्रीसहित प्रहरीले उनीहरुलाई क्राउ गरेको हो । उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामङ्गलमा पठाइएको प्रवक्ता कार्कीले जानकरी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T