Skip to content
Prabhu

प्रिओपन सेसनमा नेप्से १६ अंकले बढ्यो

काठमाडौं । आइतबार प्रिओपन सेसनमा नेप्से सूचक १६.३८ अंकले बढेको छ । अघिल्लो कारोबार दिन गत बिहीबार ४३.०५ अंक बढेर ३०००.८१ विन्दुमा बन्द भएको थियो । आज नेप्से  प्रिओपन सेसनमा १६.३८ अंक बढेर ३०१७.२० विन्दुमा पुगेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.८७ अंक बढेको छ।

आज प्रिओपन सेसनमा ११९ स्टकको ६१६ पटकको कारोबारमा ४ करोड ५९ लाख ८६ हजार ९७१ रुपैयाँ ५० पैसा बराबरको १ लाख १० हजार ७६४ कित्ता शेयर खरिदबिक्री भएको छ।

जसमध्ये ६८ स्टकको मूल्य बढेको छ भने ३० स्टकको मूल्य घटेको छ। बाँकी २१ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal