Skip to content
Prabhu

साल्ट ट्रेडिङ कर्पोरेसनको नाफामा गिरवाट

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको भन्दा १९.७७ प्रतिशतले नाफा घटेको हो ।

साल्ट ट्रेडिङले गत आवसम्ममा ६ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवसम्म कर्पोरेसनको नाफा ७ करोड ८८ लाख रुपैयाँ रहेको थियो । यो अवधिसम्ममा कम्पनीको आम्दानी ५२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ८ अर्ब ७८ करोड रुपैयाँ रहेको कम्पनीको आम्दानी गत आर्थिक वर्षमा बढेर १३ अर्ब ३५ करोड पुगेको छ ।

हाल साल्ट ट्रेडिङको चुक्ता पुँजी ३२ करोड ७ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १ अर्ब ४१ करोड रुपैयाँ जम्मा छ । यसअवधिसम्म आइपुग्दा कर्पोरेसनको प्रतिसेयर आम्दानी (वार्षिक) १९ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ ३९७ रुपैयाँ ६२ पैसा रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal