Skip to content
Prabhu

काठमाडौं महानगरपालिकाद्वारा सहकारीलाई अद्यावधिक विवरण पेस गर्न निर्देशन

काठमाडौं। सहकारी संस्थालाई काठमाडौं महानगरले आर्थिक वर्ष सम्पन्न भएको ३ महिनाभित्र अद्यावधिक विवरण पेस गर्न निर्देशन दिएको छ।

महानगरले आफ्नो क्षेत्राधिकारभित्रका सबै सहकारीका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। महानगरभित्र सञ्चालित सहकारीले कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन, वार्षिक कार्यकम नीति तथा योजना, खुद बचतसम्बन्धी नीति तथा योजना, सञ्चालकको नाम तथा बाँकी कार्यावधिको सूची, साधारणसभाको बैठकसम्बन्धी जानकारी, सेयर सदस्य संख्या, सेयरपुँजी र कुल बचत तथा कर्जाको विवरण पेस गर्नुपर्ने छ।

साथै, सहकारी संस्थाका सञ्चालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम र बचत फिर्ता माग गर्ने बचतकर्ताको विवरण पनि पेस गर्न महानगरले निर्देशन दिएको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal