Skip to content
Prabhu

सुक्खा पहिरोले पार्थली–गेल्दुङ सडक अवरुद्ध

काभ्रेपलाञ्चोक । सुक्खा पहिरोका कारण खोपासी–च्याम्राङबेंसी सडकअन्तर्गत पार्थलीमा सडक अवरुद्ध भएको छ । बेथानचोक गाउँपालिका–४ पार्थली भञ्ज्याङ नजिक आज दिउँसो पहिरो जाँदा करिब ५० मिटर सडक पुरिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक पूर्ण रुपमा अवरुद्ध भएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । सडकखण्ड अवरुद्ध हुँदा काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका, ललितपुरको महाङ्काल गाउँपालिका र मकवानपुरको बाग्मती गाउँपालिकाका स्थानीयलाई आवतजावतमा समस्या भएको उनले बताए । सडक सञ्चालनका लागि प्रहरी, स्थानीय जनप्रतिनिधिलगायतले प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।

उनले सडक माथिबाट सुक्खा पहिरोसहित ढुङ्गा झरेकाले उपकरणको सहयोगमा पहिरो पन्छाउन थालिएको जानकारी दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal