Skip to content
Prabhu

कृषि कर्मचारीको समस्या छिट्टै समाधान हुन्छः मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि प्राविधिक कर्मचारीको समस्या छिट्टै समाधान हुने बताएका छन् । मन्त्री अधिकारीले आज पत्रकारसँग भेटघाटका क्रममा कृषि प्राविधिक कर्मचारीको समस्या समाधान हुने बताएका हुन् ।

मन्त्री अधिकारी नियुक्ति भएको ३५ दिनमा पत्रकारसँग भेटघाटका क्रममा अब आउने क्याबिनेटबाट कृषि कर्मचारीको समस्या समाधान हुने बताएका हुन् । मन्त्रालयमा धर्नामा बसेका आन्दोलनरत ३ सय ७८ जना कृषि प्राविधिक कर्मचारीमध्ये १२९ जनाको पद दर्ता गरिने भए पछि आन्दोलन स्थगन भएको छ ।

२०७५ सालमा संघीयतामा कर्मचारी समायोजन गर्दा ३७८ जना कृषि प्राविधिक कर्मचारीको पद दर्ता हुन सकेको थिएन । सो पद दर्ता नहुँदा ती सबै कर्मचारीको वृद्धि विकास हुन नसकेकाले उनीहरू ४३ दिन मन्त्रालयको प्रवेशद्वारामा धर्ना बसेका थिए । २०७५ सालमा समायोजन हुँदा पद दर्ता नहुँदा ६ वर्षदेखि पदपूर्ति प्रक्रिया रोकिएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal