Skip to content

युरोप पनि नेपालीको रोजगार गन्तव्य, १ वर्षमा युरोप पुगे ५० हजार बढी नेपाली

nabil
global ime

काठमाडौं । पछिल्लो सयम युरोप पनि नेपालीको रोजगार गन्तव्य बन्दै गएको छ । खाडी तथा मलेसिया लगात देशहरुमा मात्रै रोजगारीका लागि जाने गरिएकोमा पछिल्लो समय युरोपमा रोजगारीका लागि जाने नेपालीको संख्या पनि उल्लेख्य देखिएको हो ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट ५० हजारभन्दा बढी व्यक्तिहरु रोजगारीको खोजीमा युरोपका विभिन्न देशमा गएका छन् । गत आवमा युरोपियन युनियनमा आबद्ध भएका देशहरुमा जाने नेपालीको संख्या ५० हजार ७४९ जना रहेको छ।

गत आर्थिक वर्षको तथ्यांकअनुसार युरोपियन युनियनमा आबद्ध भएका २८ मध्ये २७ देशमा नेपालीहरु कामको खोजीमा गएको विभागको तथ्यांकले देखाएको छ । नेपालबाट व्यक्ति गत र संस्थागत रुपमा श्रम स्वीकृति लिएर उक्त संख्यामा नेपालीहरु युरोप पुगेका छन् ।

विभागका अनुसार ३३ हजार ६ सय ४७ जनाले पहिलोपटक श्रम स्वीकृति लिएर युरोप गएका छन्। जसमा २६ हजार ६८० जना पुरुष ६ हजार ९ सय ६७ जना महिला रहेका छन् । गत आर्थिक वर्षमा पुन श्रम स्वीकृति लिएर युरोप जाने नेपालीको संख्या १७ हजार १ सय २ जना छन् ।

पछिल्ला केही वर्षहरुमा नेपालबाट रोजगारीका लागि युरोपमा जाने नेपालीको संख्या बढ्दै गएको छ। नेपालबाट युरोपका क्रोएसिया, साईप्रस, माल्टा, पोल्याण्ड, रोमानिया लगायतका देशमा नेपालीहरु धेरै गएको देखिन्छ ।

गत आर्थिक वर्षमा युरोपका देशहरुमध्ये सबैभन्दा बढी नेपाली क्रोएसिया पुगेका छन् । एक वर्षको अवधिमा नेपालबाट व्यक्तिगत र संस्थागत रुपमा १५ हजार ३ सय ६४ जना रोजगारीका लागि क्रोएसिया पुगेका छन् । जसमध्ये ९ सय ८ जना म्यानपावर मार्फत गएका छन् ।

त्यस्तै क्रोएसिया पछि धेरै नेपाली युरोपको रोमानिया पुगेका छन् । एक वर्षमा रोजगारीका लागि रोमानिया जाने नेपालीको संख्या १५ हजार २१ जना रहेको छ । जसमध्ये म्यानपावरबाट जानेको संख्या ४ हजार २ सय ३६ जना छन् । त्यस्तै यो अवधिमा नेपालबाट श्रम स्वीकृति लिएर साइप्रस जानेको संख्या ६ हजार ९ सय ५० जना छन् । जसमध्ये ५ हजार ८९५ जना संस्थागत रुपमा श्रम स्वीकृति लिएर गएका छन् ।

त्यस्तै यो एक वर्षको अवधिमा नेपालबाट ५ हजार ६ सय ६८ जना श्रम स्वीकृति लिएर माल्टा गएका छन् । जसमध्ये १ सय ५ जना मेनपावरमार्फत त्यसतर्फ गएका छन् । त्यस्तै यो अवधिमा पोल्याण्ड जाने नेपालीको संख्या १ हजार ९ सय ६९ जना छ । त्यस्तै यो अवधिमा पोर्चुगल ६२७, स्लोभाकिया ३ सय ९०, स्लोभानिया ३ सय ३३, स्पेनमा ९७ र स्विडेन ५६ जना रोजगारीको सिलसिलामा गएका छन्।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार यो अवधिमा रोजगारीका लागि नेदरल्याण्ड ७६ जना, लक्जम्बर्ग १२, लिथुइनिया १५३, लात्भिया १६, इटली ८६, आयरल्यण्ड १ सय ९३ र हंगेरी ३ सय ८८ जना नेपाली कामको खोजीमा गएको देखिन्छ । त्यस्तै २२१ जना ग्रिस, १२० जना जर्मनी, १ सय २५ जना फ्रान्स र १ सय २४ जना फिनल्याण्डमा कामका लागि गएका छन् ।

त्यस्तै, गत आर्थिक वर्षमा कामको खोजिमा इस्टोनिया जाने नेपालीको संख्या १३ जना, डेनमार्क ८६ जना चेक रिपब्लिक १६१ जना, बुल्गेरिया १ हजार ६ सय ७९, बेल्जियम ३९ जना र अष्ट्रिया ७ सय ९२ जना नेपाली रोजगारीका लागि गएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima