Skip to content
Prabhu

पाइलट बाबाको ८६ वर्षको उमेरमा निधन

काठमाडौं । भारतीय सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा भारतको मुम्बइस्थित एक अस्पतालमा आज निधन भएको छ । मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नाम गरेका नेपाली सन्तसँग उनले सन् १९७४ मा दीक्षा लिनुभएको संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिए ।

नेपाली गुरुसँग शिक्षा लिनुअघि उहाँ भारतीय वायुयान सेवामा पाइलट रहेका उनलाई पाइलट बाबा भनिएको हो । यही नामले उनलाई प्रसिद्ध बनायो । पाइलट बाबाले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित घ्याम्पेडाँडामा पाइलट बाबा आश्रम बनाइएको थियो । आश्रममा उनले बेला बेलामा आएर बस्ने गरेका थिए ।

नेपालमा उनका चिकित्सकलगायत विभिन्न पेशा र व्यवसायमा आबद्ध धेरै शिष्य छन् । भारतको प्रयोगमा हुने प्रत्येक कुम्भ मेलामा जाँदा नेपालीलाई बस्ने, खानेलगायत सुविधा दिई उनले आश्रय दिने गरेको पनि उनले बताए ।

पाइलट बाबा बिहारको सहर्षा जिल्लाको राजपरिवारका सदस्यका रुपमा जन्मेका थिए । हरिद्वार र गङ्गोत्रीलगायत धेरै स्थानमा उहाँले जुना अखडा नामका आश्रम चलाउने गरेका थिए । उनलाई महामण्डलेश्वरको पदवीसमेत दिइएको थियो । जुना अखडाका सबै आश्रममा आजैदेखि तीन दिनसम्म शोक मनाउने जनाइएको छ । उनलाइ उत्तराखण्डको पवित्र भूमिमा समाधि गरिने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal