Skip to content
Prabhu

६ महिनामा १० लाखभन्दा बढी सवारीसाधन कारबाहीमा

काठमाडौं ।  ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरुलाई कारबाही गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ रुपैयाँ राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । 

राजस्वमध्ये काठमाडौं उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार रुपैयाँ, कोशी प्रदेशबाट सात करोड ८७ लाख दुई हजार ९ सय ४३ रुपैयाँ , मधेसबाट  १० करोड पाँच लाख ५८ हजार ९ सय १ रुपैयाँ, बागमतीबाट  सात करोड ८८ लाख ४० हजार रुपैयाँ, गण्डकीबाट आठ करोड १८ लाख ७६ हजार छ रुपैयाँ, लुम्बिनीबाट  नौ करोड ३८ लाख ६४ हजार दुई रुपैयाँ, कर्णालीबाट एक करोड ५६ लाख ४५ हजार र सुदूरपश्चिम प्रदेशबाट दुई करोड ४२ लाख ८८ हजार रुपैयाँ सङकलन भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले राससलाई जानकारी दिए ।

उनका अनुसार ट्रकरट्याङकरबाट १५ करोड १९ लाख ९५ हजार चार सय रुपैयाँ, बसरमिनिबसबाट नौ करोड २० लाख पाँच रुपैयाँ, काररजिपरभ्यानबाट १८ करोड ९० लाख ७६ हजार ८ सय ६ रुपैयाँ, ट्याक्टरबाट  दुई करोड ८८ लाख १६ हजार रुपैयाँ, मोटरसाइकलबाट ३१ करोड १७ लाख ३४ हजार ५ सय ४६ रुपैयाँ र टेम्पो तथा अन्यबाट  दुई करोड ५३ लाख २१ हजार ६ सय रुपैयाँ राजश्व सङकलन भएको हो । 

राजश्व रकममध्ये सबै भन्दा बढी काठमाडौं उपत्यकामा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको केन्द्रीय प्रहरी कार्यालयलको तथ्याङ्कमा उल्लेख छ । मादकपदार्थ सेवन गरेर तथा तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएकालगायतमा कारबाही गरेबापत उक्त रकम राजश्व सङकलन गरिएको प्रनाम ढकालले जानकारी दिए ।

उक्त अवधिमा कारबाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये ट्रकरट्याङकर एक लाख ७० हजार ८४२ वटा, बसरमिनिबस एक लाख नौ हजार ३७७, काररजिपरभ्यान दुई लाख ६१ हजार ६३६, ट्याक्टर ४१ हजार ६४१, मोटरसाइकल चार लाख ३२ हजार ९८ र टेम्पो तथा अन्य ३६ हजार ४६१ वटा रहेका छन् । कारबाहीमा परेका सवारी साधनमध्ये सबै भन्दा बढी मोटरसाइकल रहेको प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याङकले देखाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal