Skip to content

आयात न्यूनीकरण गर्न स्वदेशी उत्पादन वृद्धिमा जोड दिनुपर्छः मन्त्री अधिकारी

nabil
global ime

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आयात न्यूनीकरण गर्न स्वदेशी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

मन्त्रालयद्वारा राष्ट्रिय आविष्कार केन्द्रका प्रतिनिधिसँग आयोजित छलफलमा उनले निर्यातजन्य स्वदेशी उद्योगलाई संरक्षण गर्न सरकारले नीतिगत सुधारका साथै आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री अधिकारीले मुलुकको आर्थिक विकासका लागि कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान वृद्धि गर्नुपर्ने र किसान लक्षित कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे।

उनले आविष्कार केन्द्रले उत्पादन गर्ने कृषि औजार सामग्रीको बजारीकरण कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘आविष्कार केन्द्रले कृषकको मागअनुसारका औजार उत्पादन गरे त्यसको बजारीकरणका लागि सरकारले सहयोग गर्छ’, मन्त्री अधिकारीले भने, ‘ वीरगञ्जस्थित कृषि औजार कम्पनी सञ्चालनका लागि पनि केन्द्रलाई सक्दो आर्थिक सहयोग उपलव्ध गराउन पहल गर्नेछु ।’

केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कम्पनी पुनःसञ्चालनका लागि केन्द्रले आफ्नो पुस्तक बिक्री गरी चन्दा सङ्कलन गर्ने क्रममा रहेको जानकारी दिए । उनले कम्पनी सञ्चालनले कृषि अर्थतन्त्रको विकासमा योगदान गर्ने र त्यसले मुलुकको अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने बताए।

मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले कृषि उत्पादन वृद्धि गर्न किसान लक्षित कार्यक्रम कार्यान्वयन गरिने बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima