Skip to content

म्यान अध्यक्षमा मोहन ओझा

काठमाडौं ।  नेपाल व्यवस्थापन संघ (म्यान)को अध्यक्षमा मोहन राज ओझा निर्विरोध निर्वाचित भएका छन् ।  ओझा ग्रोथ सेलर प्राइभेट लिमिटेडका संस्थापक हुन्।

म्यानको प्रथम उपाध्यक्षमा ग्लोबल आइएमई बैंकका डिसिइओ सुमन पोखरेल चयन भएका छन् भने द्धितिय उपाध्यक्षमा मश्रीक बैंकका चिफ कन्ट्रि रिप्रिजेन्टिभ हेमा अधिकारी चयन भएकी छिन् ।

महासचिवमा इन्द्र श्रेष्ठ, कोषाध्यक्षमा कर्मचारी सञ्चय कोषका कार्यकारी निर्देशक कवि राज अधिकारी, सदस्यहरुमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, कृषि विकास बैंकका धर्मनन्द अवस्थी, इसिमोडकी अनु जोशी श्रेष्ठ, किशोर ढुङ्गाना, मधु पौडेल, जितेन्द्र धिताल, बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, , सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, नेपाल एसबिआइ बैंकका राजेश कुमार पण्डा, नर्भिक अस्पतालका सिइओ अजय कुमार मिश्र र कान्तिपुर पब्लिकेसनका प्रमुख कार्यकारी अधिकृत महेश स्वार चयन भए । 

म्यानले प्रदान गर्ने म्यानेजर अफ दि इयर अवार्ड नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले पाएका छन् । 

त्यसै गरी ओमन म्यानेजर रेक्कनाइज अवार्ड भने आरती चटौतले पाइन् भने  लाइफ टाइम कन्ट्रिब्यूसन अवार्ड पद्यलाल श्रेष्ठले प्राप्त गरे । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T