Skip to content
Prabhu

आरती पावरले ३६ लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका ३६ लाख कित्ता सेयर निष्कासन गर्ने भएको हो ।

आईपीओ सार्वजनिक निष्कासन गर्नको लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।

भदौ ६ गते बिहीबारका दिन आरती पावर कम्पनी लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय खुर्सानीटार, काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आरती पावर कम्पनी लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष भरतबहादुर खत्री र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

वि.सं. २०७२ सालमा प्रालिको रुपमा दर्ता भई वि.संं.२०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको यस कम्पनीको अधिकृत पुँजी १ अर्व ४० करोड रुपैयाँ, जारी पँुजी पनि १ अर्व ४० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ०४ करोड रहेको यस कम्पनीले ३६ करोड रुपैयाँ बरावरको साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

माथिल्लो इर्खुवा जलविद्युत आयोजना कोशी प्रदेश को भोजपुर जिल्लामा अवस्थित छ । आयोजना क्षेत्र भोजपुरको प्रमुख ऐतिहासिक सहर मध्येको एक डिङ्लाबाट करिब १२ किलोमिटर उत्तर पश्चिममा पर्दछ ।

आयोजना स्थल साल्पा सिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा पर्दछ । परियोजनाको मुख्य संरचना जस्तै हेडवर्क, सर्ज ट्यांक र पावरहाउस इर्खुवा खोलाको बायाँ किनारमा अवस्थित छ । १४.५ मे. वा. को क्षमता भएको यो आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिइ यथाशक्य चाडो विद्युत वितरण कार्य गरिने योजना रहेको छ ।

यस कम्पनीमा हाइड्रो क्षेत्र लगायत अन्य विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यक्तिहरुको लगानी रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal