Skip to content
Prabhu

अपी पावरले घोषणा गर्यो लाभांश

काठमाडौं । अपी पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०÷८१ को खुद मुनाफाबाट ९.४७३७ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले सेयरधनीहरुलाई ९ प्रतिशतका दरले बोनस सेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यो लाभांश विद्युत नियमन आयोगको स्वीकृति र आगामी बस्ने कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal