एजेन्सी । काउई आइल्याण्डको लेहुएइ हुवाईबाट कोलोराडोको डेनभरमा जाँदै गरेको उडान नं यूए१६८५ को युनाइटेड एयरलाइन्सको बोइङ ७५७–२०० विमान होनोलुलुमा आकस्मिक अवतरण गराइएको छ । यसको कारण विमानमा देखिएको हाइड्रोलिक प्रणालीमा देखिएको खराबी भनिएको छ । ३५ हजार फिट माथि उडान भरिरहेको विमान ४९० माइलको गतिमा उडान भरिरहेको थियो ।
विमानले होनोलुलुमा उडानको तीन घण्टापछि सुरक्षित अवरण गरेको जनाइएको छ । उडान ढिला गरी सुरु गरेको विमान प्राविधिक कारणले अझ ढिलाइ हुन पुगेपछि यात्रुले सास्ती भोगेका छन् । यात्रुले उडान सुरु गरेको ४३ घण्टापछि गन्तव्यमा पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्