Skip to content
Prabhu

मंगलसेन–ठाटीखाँद सडकखण्ड पहिरोले अवरुद्ध

अछाम । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत मंगलसेन–ठाटीखाँद खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । शनिबार रातिदेखि भएको अविरल वर्षाका कारण पहिरो खस्दा मङ्गलसेन–ठाटीखाँद सडक अवरुद्ध भएको हो। उक्त सडकको ठूलासैन नजिकैको चिण्डे वनमा केही भाग भासिएको छ ।

अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार अवरुद्ध सडक खुलाउन सडक कार्यालय र मंगलसेन नगरपालिकासँग समन्वय भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal