Skip to content
Prabhu

ज्योति विकास बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले केही संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो ।

बैंकले यसअघि उक्त सेयर संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्री खुला गरेको थियो । तर ३५ दिनभित्र पनि संस्थापक सेयरधनीले नकिनेपछि सर्वसाधारणले मात्रै किन्न पाउने गरी पुनः बिक्री खुलाएको हो । बैंकले बिक्रीमा राखिएको सेयरको संख्या भने खुलाएको छ्रैन ।

सो सेयर किन्न इच्छुक सर्वसाधारण व्यक्ति, कम्पनी वा संघ सस्थाले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाई काठमाडौंको कमलपोखरीस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal