Skip to content
Prabhu

सेयर बजारमा दुई घण्टामा २ प्रतिशतको गिरवाट, कारोबार रकम ८ अर्ब मात्रै

काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा सेयर बजार परिसूचक (नेप्से) २ प्रतिशतले घटेको छ । कारोबार खुलेको दुई घण्टाको अवधिमा सेयर बजार परिसूचक २.०८ प्रतिशतले घटेको हो ।

यो अवस्थामा सेयर बजार ६० दशमलव ३६ अंकले घटेर २८३४ दशमलव २० अंकमा पुगेको छ । आजको कारोबार जारी रहँदा १९८ कम्पनीको सेयर मूल्य घटेको छ भने ४५ कम्पनीको मात्रै बढेको छ।

परिसूचकसँगै कारोबार रकम पनि निकै कम देखिएको छ । यो सायमाचार तयार पार्दासम्म सेयर बजारमा ८ अर्ब २० करोड २६ लाख ४८ हजार पैयाँको कारोबार भएको छ । दिउसो १ बजेसम्मको अवधिमा सेयर बजारमा १ करोड ९२ लाख ६१ हजार २८८ कित्ता सेयर मात्रै खरिद बिक्री भएका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal