Skip to content
Prabhu

कुमारी क्यापिटलले नगद लाभांश प्रस्ताव पारित गर्न डाक्यो असोज ३ गते साधारणसभा

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले भदौ १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार असोज ३ गते कुमारी बैंक, टंगाल, काठमाडौंमा बस्ने गरी साधारण सभा आह्वान गरेको छ।

सो सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरि पारित गर्ने छ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने कम्पनीले जनाएको छ ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन आउने लाभांश कर सहित ६ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने सभाको एजेण्डा रहेको कम्पनीले जनाएको छ । साथै, सभामा आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोकिने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal