Skip to content
Prabhu

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब ७२ करोड मात्रै

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य सुधार आएको छ । अघिल्लो दिन १११ अंकले घटेको बजार आज ३ दशमलव ८० अंकले बढेको हो । दिनभरको कारोबारमा उतारचढाब भएको बजार अन्तिम समयमा हरियो भएर बन्द भएको हो ।

बुधबारको कारोबार बन्द हुँदा सेयर बजारमा परिसूचक २७८६ दशमलव ४० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १४३ कम्पनीको सेयर मूल्य घटेको छ भने ९७ कम्पनीको सेयर मूल्य भने बढेको छ । ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

परिसूचकमा सामान्य सुधार भए पनि कारोबार रकममा भने गिरवाट आएको छ । आज सेयर बजारमा १३ अर्ब ७२ करोड बढीको कारोबार भएको छ । यो अघिल्लो दिनको भन्दा करिब ५ अर्बले कम हो । अघिल्लो दिन १८ अर्ब भन्दा बढीको कारोबार भएको थियो ।

आज सेयर बजारमा ३२६ कम्प्नीका ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर १ लाख ६८ हजार १७५ पटक खरिद बिक्री हुँदा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६८ अंकले बढेर ४९८ दशमलव १५ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ७ उपसूचकको सेयर मूल्य बढेको छ भने ६ वटाको सेयर मूल्य घटेको छ ।

आजको कारोबार बन्द हुँदा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal