Skip to content
Prabhu

फुङ्लिङ नगरपालिका परिसरमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं । नेपाल बैंकले ताप्लेजुङ शाखाअन्तर्गत रहने गरी सोमबारदेखि फुङ्लिङ नगरपालिका परिसरमा बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । 

उक्त एक्टेन्सन काउन्टर फुङ्लिङ नगरपालिकाका उपमेयर भीमादेवी ओझाले एक समारोहकाबीच उद्घाटन गरेको बैंकले जनाएको छ । 

उक्त कार्यक्रमको अध्यक्षता नेपाल बैंक लिमिटेड, कोशी प्रादेशिक कार्यालय प्रमुख सुर्य प्रकाश भट्टले गरेको थिए । 

सो एक्टेन्सन काउन्टरबाट ग्राहकको खाता सञ्चालन, चेक सटही, रकम डिपोजिट, मोबाइल तथा डिजिटल बैंकिङलगायतका विभिन्न बैकिंग सेवाहरु उपलब्ध हुने छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal