Skip to content

एकैपटक नेपाल प्रहरीमा ९० प्रहरी अधिकृतको अवकाश

nabil
global ime

काठमाडौं। आज आइतबारबाट लागू हुने गरी नेपाल प्रहरीमा तत्काल ३० वर्षे सेवा अवधि नहट्ने भएपछि भदौ महिनामा मात्र ९० प्रहरी अधिकृत अवकाशमा गएका छन् ।

नेपाल प्रहरी सेवामा अवकाशका लागि उमेरहद, सेवाअवधि र पदावधि गरी तीन किसिमको व्यवस्था छ । १६ भदौबाट अवकाशमा जान लागेका एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जनाले ३० वर्षे सेवा अवधि हटाउनुपर्ने भन्दै रिट निवेदन दिएका थिए ।

निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको इजलासले तत्काल ३० वर्षे सेवा अवधिका आधारमा अवकाश नदिन भनेको थियो । तर, त्यसविरुद्ध सरकारले दिएको भ्याकेट निवेदनबाट अन्तरिम आदेश खारेज भएपछि उनीहरु अवकाशमा गएका हुन् ।

आइतबारबाट अवकाशमा गएकाहरुमा डीआईजी विष्णुकुमार केसीसहित ११ एसएसपीहरु जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, डिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, नविनराज राई, रविकुमार पौडेल, वीरबहादुर ओली, चन्द्रदेव राई र रवीन्द्र रेग्मी छन् ।

त्यस्तै ११ एसपी पनि अवकाशमा गएका छन् । अवकाश पाउनेहरुमा कृष्ण प्रसाईं, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरि कोइराला, अवधेश विष्ट, नरेन्द्रकुमार कार्की, टेकुनन्द ईवा लिम्बु, चित्रबहादुर गुरुङ, हिरा पाण्डे र नविनकिशोर प्रधान छन् ।

त्यस्तै, श्रीराम भण्डारी, रामकृष्ण सापकोटा, गोविन्द पन्थी, किरणप्रसाद न्यौपाने, मनोजकुमार श्रेष्ठ, खगेन्द्रप्रसाद रिजाल, विजय थापासहितका ३१ डीएसपी पनि अवकाशमा गएका छन् ।

योगराज न्यौपाने, शान्तराम कार्की, मेघनाथ चापागाईं, किसन चन्द ठकुरी, हरिविष्णु ढकाल, काशीराज रेग्मी, अर्जुनप्रसाद पोखरेलसहित ३४ इन्स्पेक्टर पनि अवकाशमा गएका छन् ।

नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवाली पनि २६ भदौमा अवकाशमा जाँदैछन् । असोजमा एआईजी रामदत्त जोशी र डीआईजी यज्ञविनोद पोखरेललगायत पनि अवकाशमा जाँदै छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima