Skip to content
Prabhu

नेपाल पत्रकार महासंघको चुनाव ५ असोजमा

काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशनको नयाँ मिति आगामी ५ असोजका लागि तोकिएको छ । अध्यक्ष विपुल पोखरेलले बक्तव्य जारी गरेर सबै तहको निर्वाचन ५ असोजमा हुने जानकारी दिएका हुन् ।

‘.. असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँछु । साथै, यो निर्वाचनलाई सफल बनाउन सबैसँग हार्दिक आग्रह गर्छु’, अध्यक्ष पोखरेलले वक्तव्यमा भनेका छन् । सदस्यता वितरण, नवीकरण लगायत कारणले महासंघको चुनाव पटक–पटक सर्दै आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal