Skip to content
Prabhu

हिमालयन पावर र दोल्ती पावरको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । साताको तेस्रो कारोबार जारी हरँदा हिमालयन पावर पार्टनर कम्पनी लिमिटेड र दोल्ती पावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा हिमालय पावर पार्टनरको सेयर मूल्य ४६ रुपैयाँ ३० पैसाले घटेर ४१६ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज दोल्ती पावरको सेयर मूल्यमा पनि १० प्रतिशतको गिरवाट आएको छ । यो कम्पनीको सेयर मूल्य ७३ रुपैयाँ २० पैसाले घटेर ६५८ रुपैयाँ ८० पैसा पुगेको छ ।

यो समाचार तयारपार्दा समग्र बजार परिसूचक पनि ओरालो लागेको छ । दिउँसो १ बजेसम्मको अवधिमा नेप्से १३ दशमलव ९५ अंकले घटेर २८०९ दशमलव ३० विन्दुमा पुगेको छ । यो अवधिसम्मा सेयर बजारमा ६ अर्ब ९३ करोड बढीको कारोबार भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal