Skip to content
Prabhu

सेयर बजार सामान्य अंकले बढ्यो, कारोबार रकममा थोरै सुधार

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य बढेको छ । अघिल्लो दिन उच्च अंकले बढेको बजार आज भने ६ दशमलव ९० अंकले बढेको हो ।

आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ६ दशमलव ९० अंकले बढेर २८३० दशमलव १६ विन्दुमा पुगेको छ । दिनभरको कारोबारमा घट्ने र बढ्ने क्रम जारी रहँदा अन्तिमा ६ अंक भन्दा बढीले बढेको हो ।

आज सेयर बजारमा १३३ कम्पनीको सेयर मूल्य घटेको छ भने १०६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ५ कम्पनीको सेयर मुल्य स्थिर रहेको छ । अघिल्लो दिन भने नेप्से परिसूचक १२७ अंकले बढेर बन्द भएको थियो ।

त्यस्तै मंगलबार नेप्से सँगै कारोबार रकममा पनि केही सुधार भएको छ । अघिल्लो दिन १३ अर्ब १० करोड भन्दा बढीको कारोबार भएको बजारमा आज १३ अर्ब ५७ करोड बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३२८ कम्पनीका ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता सेयर १ लाख ४४ हजार १९७ पटक खरिद बिक्री हुँदा १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार २८९ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ०६ अंकले बढेर ५०४ दशमलव ८९ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ५ वटाको उपसूचकको सेयर मूल्य बढेको छ भने ८ वटाको घटेको छ ।

आजको कारोबार बन्द हुँदा सेयर बजारमा १२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal