काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थपिएको छ।
समितिका सभापति सूर्यबहादुर थापाले मंगलबार प्रतिनिधिसभाको बैठकमा राखेको १५ दिन म्याद थपको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
१५ जेठमा गठन भएको उक्त संसदीय समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । पहिले समितिको अवधि ३ महिना तोकिएकाले २२ भदौमा समय सकिँदै छ।
प्रतिक्रिया दिनुहोस्