Skip to content

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्कको उपस्थितमा ड्रिम स्किन नेपालले गर्‍यो लाजिमपाटमा नयाँ आउट लेटको शुभारम्भ

nabil
global ime

काठमाडौं । ड्रीम स्किन नेपालले काठमाडौंको लाजिमपाटमा नयाँ आउट लेटको शुभारम्भ गरेको छ । नयाँ आउटलेटको नेपालका लागि दक्षिण कोरियका राजदुत पार्क ताए–योङले आज एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

नयाँ आउटलेटको उद्घाटन कार्यक्रममा विभिन्न उद्योगका प्रमुख व्यवसायीहरुका साथै ड्रीम स्किन नेपालका ग्राहकहरुको उपस्थिति रहेको थियो । सो अवसरमा राजदुत पार्क ताए–योङले नेपाली बजारमा कोरियाली उत्पादनको उपस्थिति विस्तार गर्न सम्भावित भावी सहकार्यका लागि उत्साह व्यक्त गरे । ‘विश्वभर नै चर्चित रहेका कोरियन स्किन केयरका उत्पादनहरु नेपालमा देख्न पाउँदा म धेरै खुसी छु । हामीले यी उत्पादनहरु प्रयोग गर्दा सावधानी अपनाउनु पर्छ र छोटो समयमा नजिता प्राप्त गर्नका लागि विभिन्न चरणहरु पालना गर्नुपर्छ,’ उलने भने ।

ड्रीम स्किन नेपालले काठमाडौंको मध्ये बानेश्वर र त्रिसरा लाजिम्पाटमा गरी अब दुई वटा आउटलेटहरु खोलेको छ । कार्यक्रममा ड्रीम स्किन नेपालका निर्देशक दिलीप कुमार यादवले कार्यक्रममा प्राप्त भएको अत्यधिक सहयोगप्रति आभार व्यक्त गरे । ‘हामी कोरियाली स्किन केयर, हेयर केयर र कस्मेटिकका साँच्चै अथेन्टिक उत्पादनहरु आयात गछौँ । हामी भविक्ष्यमा हाम्रा उत्पादनहरुको दायरा विस्तार गर्ने योजनामा छौँ,’ उनले भने,‘यस्तो प्रेरणादायी व्यक्तित्व राजदुत पार्क ताए–योङलाई कार्यक्रममा पाउँदा एकदमै हर्षित भएका छौँ ।’

ड्रीम स्किन नेपाल छोटो समयमा नै ग्राहक वर्गमा लोकप्रिय बन्न सफल भएको छ । जसले उच्च गुणस्तरको कोरियाली उत्पादनहरु नेपाली जनतामाझ पुर्‍याउने र स्किन केयरमा नेपाल र कोरिया बीच बलियो सम्बन्ध बढाउने यात्रालाई निरन्तता दिन तत्पर रहेको बताइएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima