Skip to content
Prabhu

सुनको मूल्य ४ सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रु पैयाँमा कारोबार भइरहेको छ। 

आइतबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि ५ रूपैयाँ घटेको छ।  आइतबार प्रतितोला १ हजामर ३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal