Skip to content

सुनको मूल्य सात सय रुपैयाँ बढ्यो, चाँदीको कति ? 

काठमाडौं । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ७०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ३५ रुपैयाँ बढेको हो ।

आजको बजारमा सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत हप्ताको शुक्रबार बजारमा सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आजको बजारमा चाँदी प्रतितोला ४ हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ ।  गत हप्ताको शुक्रबार बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima