Skip to content

जिल्ला शिक्षा कार्यालय पूर्णरुपमा हटाउनुपर्छ: गगन थापा

nabil bank

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबारको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको संशोधनमा भाग लिँदै उनले भने संविधानले जिल्ला शिक्षा कार्यालय नमान्ने भएकाले पूर्णरुपमा  हटाउनुपर्ने बताएका छन्।

‘जिल्ला शिक्षा कार्यालय पूरै हटाउनुपर्छ, किनभने हाम्रो संविधानले यसलाई मान्दैन,’ उनले भने, ‘शैक्षिक गुणस्तर परीक्षण केन्द्र होइन, प्राधिकरण हुनुपर्छ।’

शिक्षकलाई प्रतिष्ठा बढाउने र सेवा सुविधा बढाउने कुरा खुलेर गर्न पनि उनले आग्रह गरेका छन्। ‘शिक्षकलाई प्रतिष्ठा बढाउने, सेवा सुविधा बढाउने कुरा खुलेर गरौं। मिलान गर्ने कुराको सन्दर्भमा शिक्षकको उत्तीर्णांक थोरैमा ५० प्रतिशत हुनुपर्छ। राहत लगायतका कुरा खुला राखेका छौँ, खुला राखौं एक पटक प्रतिस्पर्धा गर्ने मौका दिऊँ,’ उनले भने।

थापाले विद्यालयको लागि स्रोतको सुनिश्चितता हुनुपर्ने बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi