Skip to content
Prabhu

सिंहदरबारभित्र टीएमएस बन्द गर्दै अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहदरबारभित्र सेयर किनबेचमा रोक लगाउने तयारी गरेको छ । कार्यालयभित्र सेयर कारोबारका लागि प्रयोग हुने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) अख्तियारले बन्द गराउन लागेको हो ।

कार्यालय समयमा सरकारी कर्मचारीले सेयर कारोबार गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत कार्यालय समयमा सिंहदरबारमा टीएमएस बन्द गराउने गरी पत्राचार गर्न लागेको हो । अख्तियार स्रोतका अनुसार भोलि यसबारे पत्राचार हुँदै छ ।

सिंहदरबारभित्र कर्मचारीहरु कार्यालय समयमा काम छाडेर सेयर किनेबेचमा तल्लिन भएपछि सरकारी काम प्रभावित बन्ने गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । कर्मचारी काम छाडेर सेयर कारोबारी बनेपछि सरकारको केन्द्रीय प्रशासनिक नियकाको कामको प्रभावकारितामा समेत असर गरेको छ । पछिल्लो समय सेयर बजार बढ्दा कमर्चारी मोबाइल, ल्यापटप र कम्युटरमा नेप्से र टीएमएस चलाएर बस्ने गरेको उजुरी छ ।

टीएमएसमा व्यस्त हुँदा कर्मचारीले टिप्पणी फाइल नलेख्ने, माग भएको राय सुझाव नदिने लगायतको प्रवृत्ति बढ्दै गएको भन्दै उजुरी परेपछि अख्तियारले मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्न लागेको हो । कार्यालयको काम गर्नेभन्दा पनि सेयर कारोबार गर्ने क्रमलाई निरुत्साहित गर्ने अख्तियारले तयारी गरेको हो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal