Skip to content

तीजमा पशुपतिमा दर्शनार्थीको भीड

nabil bank

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका ‘तीज’ पर्व आज देवाधिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ । हरितालिका (तीज) मा पशुपतिमा दर्शनार्थी भीड लागेको छ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । बिहानैदेखि पूजापाठ गर्न पशुपतिलगायतका मठमन्दिरहरूमा हिन्दु महिलाहरूको भीड लागेको छ ।

पशुपतिनाथको दर्शन गर्न आउने दर्शनार्थीहरुको सुविधाका लागि गौरी घाट–उमाकुण्ड–दक्षिणा मूर्ति–रुद्रगाडेश्वर–वानकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण जुत्ता चप्पल कक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

त्यस्तै मित्र पार्क, जयवागेश्वरी–गौशाला–भुवनेश्वरी–शङ्कराचार्यमठ दक्षिण हुँदै फलामे पुल–पश्चिम सानो डोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोका हुँदै बाहिरिने र शङ्कराचार्य मठ दक्षिण जुत्ता चप्पल कक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको छ ।

पिङ्गल स्थानबाट वन काली, चार शिवालय–पञ्चदेवलपूर्व–बजघर–दक्षिण ढोकासम्मको लाइनलाई चौसट्ठी सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व दक्षिण निर्माण गरिएको जुत्ता चप्पल कक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

तिलगंगा राम मन्दिरबाट बागमती नदी पूर्व किनार हुँदै आर्यघाटबाट पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने व्यवस्था मिलाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi