Skip to content

टेस्ला शोरुममा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको नक्सालस्थित टेस्ला शोरुममा लागेको आगलागी नियन्त्रणमा आएको छ। शुक्रबार दिउँसो सवा १२ बजे काठमाडौं महानगरपालिका–५ स्थित नक्सालमा रहेको टेस्ला गाडीको शोरूममा लागेको आगलागी नियन्त्रणमा आएको हो।

शोरूममा रहेका गाडीहरूमा भने क्षति नपुगेको प्रहरीले जनाएको छ।आगलागी भएको जानकारी आएपछि काठमाडौं महानगरपालिका र प्रहरी प्रधान कार्यालयको दमकल प्रयोग गरी निभाइएको हो।

क्षति विवरण भने आइसकेको छैन। आगलागी कसरी भएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T