Skip to content

भुक्तानी विवाद टुंगिएसँगै १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काम सुरु

nabil bank

काठमाडौं । भुक्तानी विवादका कारण रोकिएको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘प्याकेज वान’ को काम ५१ दिनपछि पुनः सुरु भएको छ ।

संयुक्त लगानीको निर्माण कम्पनी सोङ्दा कालिकाले गरेको कामको भुक्तानी युरोपियन बैंकमार्फत प्राप्त हुने प्रतिबद्धता सम्बन्धित निकायले व्यक्त गरेपछि आयोजनाको काम पुनः प्रारम्भ भएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। यो प्याकेजमा हालसम्म ३५ प्रतिशत मात्र प्रगति भएको छ ।

गत असार २२ गते सेतीको बाढीबाट प्याकेज वानको निर्माणस्थलमा क्षति भएको छ । बाढीले ‘क्रसर र कुलिङ प्लाण्ट’मा क्षति हुनका साथै निर्माणस्थलमा राखिएको ढुङ्गागिटीलगायत निर्माण सामग्री बगाएको थियो । यो प्याकेजअन्तर्गत आयोजनाको १४० मिटर अग्लो बाँध निर्माणका लागि सेती नदीको धार पथान्तरण गर्न दुईवटा ‘डाइभर्सन सुरुङ’ निर्माण सम्पन्न भएका छन् ।

आयोजनाको १४० मिटर अग्लो बाँध निर्माणका लागि पहाड खन्न बाँकी छभने सेती नदीका दुवै किनारमा ‘ग्याली सुरुङ’ निर्माणाधीन छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime