Skip to content
Prabhu

टीसीएलले ल्यायो दसैं, तिहार र छठ पर्व लक्षित गर्दै १ लाख ६३ हजारको क्यासब्याक अफर

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड ‘टीसीएल’ले ‘सेलिब्रेट ग्रेटनेस टुगेदर’ अभियान घोषणा गरेको छ । कम्पनीले दसैं, तिहार र छठपर्वलाई लक्षित गर्दे सो नयाँ अभियान घोषणा गरेको हो ।

यस अभियानले ग्राहकहरूलाई उत्साहजनक क्यासब्याक र उपहारहरूको साथ आफ्नो घर मनोरञ्जनको अनुभव अपग्रेड गर्न अविश्वसनीय अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

‘सेलिब्रेट ग्रेटनेस टुगेदर’ अभियानको भागस्वरूप, टीसीएलले ग्राहकहरूलाई इलेक्ट्रोनिक्स सामानहरुको खरिदमा १ लाख ६३ हजार ५ सय रुपैयाँसम्मको क्यासब्याक प्रदान गरिरहेको छ । थप रूपमा, यो अभियानलाई अझ आकर्षक बनाउँदै, टीसीएलले प्रत्येक ग्राहकलाई निश्चित उपहार जित्न पाउने ग्यारेन्टी दिने कम्पनीले जनाएको छ ।

थप उत्साहका लागि, कम्पनीले पनि बम्पर अफर प्रस्तुत गरिरहेको छ। ५ भाग्यशाली विजेताले प्रतिष्ठित फोन १ बाइ नथिङ जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

त्ऋी को उत्पादनहरूको श्रृंखला, विविध आवश्यकताहरू र प्राथमिकताहरू पूरा गर्न डिजाइन गरिएको छ । कम्पनीका अनुसार अद्भुत ध्वनिसहित अद्भुत टेलिभिजनहरूदेखि ऊर्जा–कुशल एयर कन्डिसनरहरू, विश्वसनीय फ्रिजहरू र शक्तिशाली वाशिंग मेसिनहरू सम्म, टीसीएलले तपाईंको जीवनशैली उन्नत गर्न उत्पादनहरूको विस्तृत चयन प्रदान गर्छ।

टीसीएल उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगमा एक विश्वव्यापी अग्रणी ब्रान्ड हो जसले मानिसहरूको जीवनशैलीलाई बढाउन र नवीन उत्पादनहरू प्रदान गर्न समर्पित छ। गुणस्तर, प्रविधि र डिजाइनमा ध्यान केन्द्रित गर्दै, टीसीएलले, हामीले मनोरञ्जन र संचार अनुभव गर्ने तरिकालाई पुनः परिभाषित गरिरहेको छ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal